सप्तरीमा आगलागी, पाँच घर र छ लाख रुपैयाँ नगद जल्यो

उमेश कुमार साह
बोदे बरसाईन, ९ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रन्जितपुरमा आज दिउँसो आगलागी भएको छ । भरत चौधरीको परालको टालबाट सल्केको आगो फैलिएर आगलागी भएको हो । आगलागीमा ५ वटा घर जलेर २० लाखभन्दा बढी रुपैयाँ बराबरको क्षति भएको हो ।

आगोमा चौधरीको घरसहित छिमेकीहरु बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको एक–एक वटा घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।

आगोमा परेर बन्हुको नगद ६ लाख रुपैयाँ पनि जलेको पिडितले बताए । गरगहना, अन्नपात, लत्ताकपडा, भडार्वतन लगायतका सरसरमान जलेर २० लाख रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ । स्थानियवासिन्दा, प्रहरी र हनुमाननगर कंकालिनी नगरपालिकाबाट पुगेको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस