राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध पाँच दलका नेताहरु भोली अदालत जाने

जनकपुरधाम, ९ जेठ । प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको दमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार बिहान सर्वोच्च अदालत जाने भएका छन् । सरकार बन्ने विकल्प हुँदा हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई चुनावमा धकेल्ने वातावरण खडा गरेको पाँच दलले ठहर गर्दै आजै नै सर्वोच्च जाने तयारी गरेका थिए ।

तर केही आवश्यक प्रक्रिया र रिटको ड्राफ्टलाई अन्तिम रुप दिन समय लागेकाले सोमबार मात्रै जाने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतालगायत तयार गर्ने काम भएको र सशरीर उपस्थित भएर सोमबार १० बजे अदालत जाने जानकारी दिए । उनले संसद विघटनविरुद्ध १४९ भन्दा बढि सांसदको हस्ताक्षर संकलन भएको दावी समेत गरेका छन् ।

शनिबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा जबरजस्त मुलुकलाई चुनावमा पु¥याएको भन्दै कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस