राष्ट्रपति भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

जनकपुरधाम, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतवार) नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस