सप्तरीमा आज थप ४१ जनामा कोरोना संक्रमण

राजविराज, ९ जेठ । सप्तरीमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालाबाट ३१ जना र एन्टिजेन परिक्षणबाट १० जना गरी कुल ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

सबैभन्दा धेरै कंचनरुप नगरपालिकाका ४ महिला र १० पुरुष गरी १४ जनामा संक्रमणमा देखिएको छ भने राजविराजका २ महिला र ७ पुरुष गरी ९ जनामा संक्रमण देखिएको हो । यसैगरी महादेवाका १ महिलासहित ३, छिन्नमस्ताका २ पुरुष, बोदे बरसाइन र विष्णुपुरका १–१ पुरुष, तिरहुतका १ महिलामा संक्रमण देखिएको उनले बताए ।

यसैगरी सप्तकोशीका २ महिला १० जनाको एन्टिजेटमा पोजेटिभ देखिएको छ । योसँगै सप्तरीमा दोस्रो लहर (वैशाख ३ गतेपछि) मा मात्रै संक्रमितको संख्या १ हजार ३९१ पुगेको छ । जसमध्ये ९२ जना निको भएका छन् ।

हाल १ हजार २५१ जना सक्रिय संक्रमित रहेको निमित्त प्रमुख यादवले बताए । कोरोना संक्रमणबाट हालसम्म ४८ जनाको मृत्य भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस