बोदे बरसाइन र महादेवाकी दुई कोरोना संक्रमित महिलाको मृत्यु

राजविराज, ९ जेठ । सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जना महिलाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा बोदे बरसाईन नगरपालिका र महादेवा गाउँपालिकाका १–१ जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । बोदे बरसाइन–८ की ४७ वर्षीया र महादेवा–२ की ६० वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको उनले बताए ।

जेठ ७ गते संक्रमण पुष्टि भएको ४७ वर्षीयाको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा हिजो मृत्यु भएको छ भने जेठ ७ गते नै संक्रमण पुष्टि भएर ८ गते उपचारको लागि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएकी ६० वर्षीयाको आज सोही अस्पतालमा मृत्यु भएको निमित्त प्रमुख यादवले बताए । योसँगै सप्तरीमा कोरोनाको दोस्रो लहर (वैशाख ३ गतेपछि) संक्रमणबाट हालसम्म ४८ जनाको मृत्य भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस