सप्तरीमा दैनिक दुई घण्टा अत्यावश्यक सेवाका पसलहरु खुल्ने

राजविराज, ९ जेठ । सप्तरीमा भोली (सोमबार)देखि अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु २ घण्टा खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज (आइतवार) सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।

गत वैशाख २३ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकबाट भएको निर्णयअनुसार जिल्लाका शहरी क्षेत्रमा गत वैशाख २५ गते मध्य रातिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक खाद्यान्न सामग्री खरिद/विक्री गर्न समस्या भइरहेको भन्दै आएको गुनासोलाई मध्यनजर गर्दै सटरबाट मात्रै विक्री हुने खालका अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु भोली साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्ने भनिएको छ ।

सो अवधिमा व्यवसायी र सेवाग्राहीले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड गरेर पसल सञ्चालन गर्न सूचनामा उल्लेख छ । यसैगरी फूटपाथ र हटिया सञ्चालन गर्न नपाइने पनि सूचनामा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस