सप्तरीमा कोरोनाको कहरः एउटा वडा अनिश्चितकालका लागि सिल

बोदे बरसाईन । कोरोना भाइरसको संक्रमण बढेसँगै सप्तरीको खडक नगरपालिका–३ का सबै टोल अनिश्चितकालका लागि सिल गरिएको छ ।

नगर कार्यपालिकाको निर्णयबाट संक्रमण नियन्त्रण तथा रोकथाम गर्न वडा नम्वर ३ का सबै टोल सिल गर्ने निर्णय गरिएको हो ।

सो वडामा अत्यधिक संक्रमितहरु देखापरेकाले सिल गर्ने निर्णय गरिएको नगर प्रमुख हेमायु हकले जानकारी दिए । उनका अनुसार वडा सिल गरेर संक्रमण नियन्त्रणको कार्य अघि बढाइएको छ ।

संक्रमणबाट बच्न र बचाउनका स्वास्थ्य मापदण्डको पालना गर्न नगर प्रमुख हकले सबैमा आग्रह पनि गरे । संक्रमण बढेसँगै यसअघि सप्तकोशी नगरपालिका पनि सिल गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस