सप्तरीमा कोरोनाबाट ज्यान गुमाएका स्वास्थ्यकर्मी परिवारलाई २५ लाख हस्तान्तरण

सप्तरी । कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत राजन साफीको परिवारलाई २५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

सरकारले मृतक परिवारलाई सहयोग स्वरुप उपलब्ध गराएको सो रकम अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.रञ्जित कुमार झाले विहिवार मृतककी पत्नी रुबी साफीलाई हस्तान्तरण गरेका छन् ।

अस्पतालमा फर्मासिस्ट पदमा कार्यरतमा साफीको २०७७ कात्तिक १९ गते कोभिड–१९ संक्रमणबाट मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस