सप्तकोशी नदीमा हामफालेका एक जनाको सकुशल उद्धार

राजविराज । कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको सकुशल उद्धार गरिएको छ । कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० वर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीको सहयोगमा तत्कालै सकुशल उद्धार गरेको हो।

उद्धार गरिएका पुरुषलाई उपचारको लागि इनरुवा अस्पताल पठाएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस