२४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित निको भए

जनकपुरधाम, १४ जेठ । नेपालमा एकैदिन ९ हजारभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार अद्यावधिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोनामुक्त भएका हुन् ।

२४ घण्टामा कोरोनामुक्त भएका बिरामी हालसम्मकै सबैभन्दा उच्च हो । हालसम्म ४ लाख २८ हाजर ६७० जना संक्रमित निको भएका छन् । सोही अवधिमा ६ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

नेपालमा हाल १ लाख १३ हजार ३९४ जनामा सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९६ जनाकोम मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै मृतकको संख्या ७ हजार ४७ पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस