कोरोनाबाट सप्तरीमा थप ४ जना पुरुषको मृत्यु

राजविराज, १४ जेठ । सप्तरीमा कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले आज सार्वजनिक गरेको तथ्यांक अनुसार आज ३ जनासहित कोरोनाबाट थप ४ संक्रमितको मृत्यु भएको जनाएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ का ५० वर्षीय, डाक्नेश्वरी नगरपालिका–३ का वर्षीय ३५ र खडक नगरपालिका–१० का ५० वर्षीय पुरुषको आज मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । यसैगरी बोदे बरसाईन नगरपालिका–९ का ७० वर्षीय पुरुषको जेठ ७ गते मृत्यु भएको छ ।

निमित्त प्रमुख यादवका अनुसार वैशाख ३० गते संक्रमण पुष्टि भएका हनुमाननगर कंकालिनी नगरपालिकाका पुरुषको कोेशी कोभिड–१९ उपचार केन्द्र विराटनगर, जेठ २ गते संक्रमण पुष्टि भएका डाक्नेश्वरीका पुरुषको बि एण्ड बि हस्पिटल झापा र जेठ ५ गते संक्रमण पुष्टि भएका खडकका पुरुषको कोेशी कोभिड–१९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो ।

यसैगरी जेठ ७ गते संक्रमण पुष्टि भएका बोदे बरसाइनका पुरुषको गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको उनले बताए । यससँगै सप्तरीमा कोरोनाको दोस्रो लहर (वैशाख ३ गतेपछि) मा संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको निमित्त प्रमुख यादवले बताए ।

अहिलेसम्म कुल १ हजार ६६१ जना संक्रमित भएका सप्तरीमा ५५७ जना निको भएका छन् । हाल १ हजार ३४ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस