भारतमा घट्दै कोरोना संक्रमण दर, मृत्यु दर पनि कम हुँदै

जनकपुरधाम । कोरोना भाइरसको दोस्रो लहरमा ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि दरमा कमी हुँदै गएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएको थियो । तर पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २६ हजार ६९८ जनामा संक्रमण देखिएको छ ।

यो संख्या सोमबारको तुलनामा २६ हजारले कम हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८१ लाख ७३ हजार ६५५ पुगेको छ ।

पहिलो पटक भारतमा १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो ।

आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक ४ हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार ७८२ मा झरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780