प्रदेश एक र तराईका केही भु–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

जनकपुरधाम । पश्चिमी र स्थानीय वायुको प्रभावले आज प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली र बाँकी स्थानहरूमा आंशिक बदली रहने जनाएको छ । प्रदेश १ लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भु–भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ ।

कस्तो रहला तीन दिनसम्मको मौसम ?

२०७८ जेठ १९ गते (बुधबार)

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भु-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत पहाडी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २० गते (बिहिबार)

दिउँसो: प्रदेश १ र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ का लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

राती: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २१ गते (शुक्रबार)

दिउँसो: पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

राती: पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस