मेडिकल कलेजका लागि वन फडानी नगर्न प्राविधिक समाजको ध्यानाकर्षण

जनकपुरधाम । संघीय सरकारद्वारा प्रदेश २ को महोत्तरी जिल्ला स्थित बर्दिबासमा बन्न लागेको मेडिकल कलेजको विरोध हुन थालेको छ । नेपाल सरकारले निर्माण गर्ने भनिएको मेडिकल कलेजले वन क्षेत्र अतिक्रमण हुने भन्दै जनकपुरधाम वन प्राविधिक समाजले  सो ठाउँमा निर्माण हुन नदिन भनी प्रदेश सरकारलाई मंगलबार विज्ञप्ति बुझाएको छ ।

गत जेठ १५ गते सार्वजनिक संघीय बजेटमा नेपाल सरकारले बर्दिवासमा मेडिकल शिक्षण अस्पताल बनाउने गरि बजेट विनियोजन गरेको तीन नबित्दै विरोध सुरु हुन थालेको हो ।

स्वीमिङ पुल सहितको निर्माण हुने मेडिकल कलेजका लागि छनौट गरिएको जग्गामा  निर्माण गर्दा ५४ हेक्टर वनक्षेत्र फडानी हुने भन्दै सिफारिस नगर्न  समाजले विज्ञप्ती मार्फत प्रदेश सरकारलाई आग्रह गरेको छ ।

प्रदेश २ मा मेडिकल कलेज खोल्नु स्वागत योग्य रहेको भएपनि विकल्प हुँदा हुदै चुरे क्षेत्र विनास गरि विकासको नाउँमा तराई मधेशको लाइफलाईनलाई समाप्त गर्नु निन्दनिय हुने समेत चेतानवी दिइएको छ । सम्बन्धित संघिय र प्रदेश सहितका सवै क्षेत्रलाई लेखिएको विज्ञप्तीमा निर्णय नसचिए विरोधका कार्यक्रम सार्वजानिक हुने बताइएको छ ।

सरकारले तराई मधेशलाई मरूभुमि हुन बाट बचाउन एकातर्फ कार्यक्रम ल्याउनु र अर्को तर्फ चुरे क्षेत्रको विनास हुने गरि भौतिक संरचनाको समेत तयारी हुनु दुःखद रहेको समाजका अध्यक्ष राम स्वार्थ साह र महासचिव सुरेश शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस