विश्वभर कोरोनाबाट ३७ लाखभन्दा बढीले ज्यान गुमाए

जनकपुरधाम । विश्वभर कोरोना भाइरसको संक्रमणबाट थप १० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ९२५ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख नाघेको छ । पछिल्लो वृद्धिसँगै मृतक संख्या ३७ लाख ५ हजार ९४२ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख १० हजार ९९३ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६७ हजार ७०६ जनाको मृत्यु भएको छ ।

मृतकका आधारमा भारत तेस्रो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा २८ सय जनाको मृत्यु भएको छ । त्यहाँ मृतक संख्या ३ लाख ३८ हजार १३ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780