जनकपुरधाम । भारतको जम्मू–कश्मीरमा भारतीय जनता पार्टीका नेता राजेश पण्डितको गोली हानी हत्या गरिएको छ । बुधवार राति चरमपन्थी समूहले भाजपा पार्षद समेत पण्डितलाई गोली हानेर हत्या गरेको कश्मीरका आईजी विजय कुमारले बताए ।
यो घटना पुलवामा जिल्लाको त्राल पायीन क्षेत्रमा भएको हो । गोली लागेलगत्तै घाइते भएका नेता पण्डितलाई अस्पताल लगिएको थियो । सोही क्रममा उनको मृत्यु भएको छ ।
सुरक्षा गार्डबिनै आफ्ना साथीलाई भेट्न गएका बेला नेता पण्डितमाथि आक्रमण भएको हो । सोही राज्यका उपराज्यपाल मनोज सिन्हाले सो घटनाको भत्र्सना गरेका छन् । बीबीसी हिन्दीबाट