बच्चालाई खुवाइने ‘डि थ्री’औषधि म्याद गुज्रेपछि पनि विक्री गर्ने गरेको खुलासा !

इटहरी । ‘डि थ्रि’ नामक औषधि खुवाउनु हुन्छ ? याद गर्नुस् इटहरीका अधिकाशं मेडिकलले मिति सक्किएको औषधी तपाईलाई बेचिरहेका छन् । जन्मेदेखि १ वर्ष सम्मका लागि बच्चालाई घामको प्रकाशको किरणबाट प्राप्त हुने भिटामिनको सट्टामा भिटामिन सनलाईट ‘डि थ्रि’ औषधी बच्चालाई खुवाउँदै हुनुहन्छ भने होसियार रहनु होला । एक वर्षभन्दा कम उमेर समुहका शिशुलाई खुवाइने ‘डि थ्रि’ नामक औषधि सुनसरीको इटहरीमा रहेका मेडिकलले केरमेट गरेर बिक्री गरेको खुलासा भएको छ ।

आज (बुधबार) इटहरी उपमहागनरले गरेको बजार अनुगमनका क्रममा खुलेआम बच्चालाई खुवाउने सनलाईट ‘डि थ्रि’ नामक औषधीको बनेको मिति र सकिने मिति केरमेट गरेको औषधी विक्रि गर्ने गरेको खुलेको हो । केही दिनअघि इटहरीमा एक व्यक्तिले सो औषधि आफ्नो शिशुलाई खुवाउँदा नकरात्मक असर देखिएको भन्दै उपमहानगरपालिकामा उजुरी परेको थियो । सोही उजुरीका आधारमा इटहरी उपमहानरपालकाले आज (बुधबार) इटहरीमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा इटहरीका नाम चलेका मेडिकलहरु इटहरी सामुदायिक अस्पताल, कलश पोलिक्लिनिक र उक्त औषधी सप्लाई गर्ने सप्लार्यसलाई टोलीले सिल गरेको छ । भारतबाट आयात हुने उक्त औषधीलाई नक्कली स्टीकर टासेर खुलेआम बिक्रि गरेको भन्दै ताला लगाइएको इटहरी उपमहानगरपालिका राजस्व शाखा प्रमुख नविन भट्टराईले जानकारी दिए । बालबालिकाका लागि आवश्यक सो औषधिमा केरेमेट भएको भन्दै उजुरी परेकाले उपमहानगरले अनुगमन गर्दा यस्तो अबस्था भेटिएको भट्टराईले बताए ।

यसको थोक बिक्रेताकहाँ जानुअघि इटहरीका विभिन्न फार्मेसीमा अनुगमन गरिएको थियो । सबै फार्मेसीमा एकै प्रकारकै समस्या पाइएपछि अनुगमन टोली यसको थोक बिक्रेता ‘एरव मेडिकोस् एण्ड ट्रेडिङ’ मा पुगेको थियो । यसका सञ्चालक बासुकी सुमन झाले आफूले केही महिनाअगाडि नै यो औषधि बिक्री नगरेको बताएका थिए । तर, त्यहाँ अनुगमन गर्ने टोलीले एक साताअगाडि मात्र अर्थात् गत जेठ ७ गते अन्तिम पटक रामधुनीको झुम्कामा रहेको एक मेडिकलसगँ कारोबार भएको भेटेपछि जवाफ मागेको थियो । त्यो बेला सञ्चालक झाले आफ्नो गल्ति भएको स्वीकार गरेका थिए । अब सञ्चालकलाई के कारबाही गर्ने विषयमा बिहीबार उपमहानगरपालिकाको कार्यालयमा बैठक बसेर ठोस निणर्य गर्ने शाखा प्रमुख भट्टराईले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780