कोरोनाबाट सप्तरीका थप तीन जनाको मृत्यु, मृतकको संख्या ९० पुग्यो

राजविराज, १९ जेठ । सप्तरीमा थप तीन जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कञ्चनरुपका दुई र बोदे बरसाइन नगरपालिकाका एक जना तीन संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

कञ्चनरुप–५ का ३८ र ६० वर्षीय तथा बोदे बरसाईन–१० का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । गत वैशाख २९ गते संक्रमण पुष्टि भएको ३८ वर्षीय पुरुषको आज न्यूरो अस्पताल र वैशाख ३१ गते संक्रमण पुष्टि भएको ६० वर्षीय पुरुषको हिजो कोशी कोभिड अस्पतालमा मृत्यु भएको उनले बताए ।

यसैगरी जेठ १६ गते संक्रमण पुष्टि भएको ५४ वर्षीय पुरुषको पनि कोशी कोभिड अस्पतालमा मृत्यु भएको छ । यससँगै सप्तरीमा दोस्रो कोरोना लहर (वैशाख ३ गतेपछि) मा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि पहिलो लहरमा संक्रमणबाट ४१ जनाले ज्यान गुमाएका थिए । हाल सप्तरीमा ९६८ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस