सप्तरीमा संक्रमण दर घट्दो रहेको निष्कर्ष, बैंक र कृषि सामग्री आपूर्ति गर्ने संस्था पनि खुल्ने

राजविराज, १९ जेठ । सप्तरीमा केही दिनयता कोरोना भाइरसको संक्रमण दर घट्दो रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले निष्कर्ष निकालेको छ । आज प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बसेको डिसीसीएमसीको बैठकबाट सो निष्कर्ष निकालिएको हो ।

निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनले सप्तरीमा संक्रमण दर घट्दो अवस्थामा रहेकोले जनजीवन सहज पार्न निषेधाज्ञा पनि केही खुकुल्लो गरिएको छ । जसअनुसार खाद्यान्न पसल खोल्ने अवधि एक घण्टा थप गरिएको छ भने बैंक तथा वित्तिय संस्थाहरु पनि सातामा तीन दिन (आइतबार, मंगलबार र विहिवार) र कृषि सामाग्रीहरु आपूर्ति गर्ने सरकारी, सर्ध सरकारी र निजी संस्थाहरुले आलोपालो गरी खोल्न पाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि अत्यावश्यकका खाद्यान्न पसलहरुरु दैनिक दुई घण्टासम्म खोल्ने व्यवस्था गरिएको थियो । अब भने एक घण्टा थप गरेर दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी ती पसल खोल्न पाउनेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस