ढुंगा, गिटी, बालुवा निर्यातको लागि खुला गर्ने निर्णय राष्ट्रघातीः उपेन्द्र यादव

जनकपुरधाम, १९ जेठ । सरकारले व्यापार घाटा कम गराउन भन्दै चुरेको खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यातको लागि खुला गर्ने गरेको निर्णय प्रति जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । उनले आज एक विज्ञप्ति जार्दै सरकारले बजेट बक्तव्यमा ल्याएको खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यातको निर्णय आपत्तिजनक रहेको बताएका हुन् ।

व्यापार घाटा कम गर्न भन्दै बजेटमार्फत् ल्याइएको सो कार्यक्रम वातावरणीय हिसाबले घातक रहेको अध्यक्ष यादवको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘यस निर्णयबाट नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई/मधेशमा ठूलो प्राकृतिक संकट आउने छ । यसले नकारात्मक पयावरणीय असर पार्नेछ जसको मूल्य तराई/मधेशमा वसोवास गर्ने जनताले चुकाउनु पर्नेछ ।’

उनले सो निर्णयलाई राष्ट्रघातीको संज्ञा दिँदै सो कार्य बन्द गर्न आग्रह गरेका छन् । अन्यथा वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, चुरे संरक्षण र तराई/मधेशलाई मरुभुमिकरण हुने कार्यबाट जोगाउन र त्यहाँका जनताले आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न बाध्य हुनुपर्ने विज्ञप्तिमा चेतावनी समेत दिइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस