कोरोनाको दोस्रो लहरमा भारतमा ५९४ चिकित्सकको मृत्यु

जनकपुरधाम । भारतमा कोरोना संक्रमणको दोस्रो लहर जारी छ । यसअघि, दैनिक चार लाख नयाँ संक्रमित थपिँदै आएकोमा अहिले संक्रमण दरमा भने केही कमी आएको छ । तर, खतरा अझै टरेको छैन ।

कोरोना संक्रमणकैबीच न्युज एजेन्सी एएनआईले ‘इन्डियन मेडिकल एसोसिएसन’लाई उद्धृत गर्दै दोस्रो लहरका क्रममा ५९४ चिकित्सकहरुले ज्यान गुमाएको उल्लेख गरेको छ ।

रिपोर्टमा सबैभन्दा बढी मृत्यु राजधानी नयाँ दिल्लीमा भएको बताइएको छ । देशको राजधानी दिल्लीमा दोस्रो लहरमा १०७ चिकित्सकहरुको मृत्यु भएको छ ।

दोस्रोमा बिहार रहेको छ । जहाँ ९६ जना चिकित्सकले ज्यान गुमाएका छन् । यस्तै, उत्तर प्रदेशमा ६७ चिकित्सकको मृत्यु भएको छ । बीबीसी ।

Author:



क्याटोगरी छान्‍नुहोस