महन्थ पक्षका छ कार्यकारिणी सदस्य उपेन्द्र पक्षमा लागे

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका छ जना कार्यकारिणी समितिका सदस्य कित्ता परिवर्तन गरेका छन् । उनीहरुले कित्ता परिवर्तन गरी अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा गएका हुन् ।

छ जना सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणी समितिमा यादव पक्ष स्पष्ट बहुमतमा देखिएको छ । पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन् ।

यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए । उनीहरूले पार्टी जोगाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ दिएको बताएका छन । मृगेन्द्रसिंहले अर्का अध्यक्ष ठाकुरले जसपालाई पुरानो राजपालाई जस्तै गतिहीन बनाउन खोजेकाले आफूले उपेन्द्र समूहलाई साथ दिएको बताए ।

यसैगरी, साहले आफ्नो सहयोग र समर्थन अध्यक्ष उपेन्द्रलाई रहेको प्रष्ट पारे । पछिल्लोपटक कित्ता बदलेका मृगेन्द्रसिंह राष्ट्रियसभा सदस्य हुन् भने रामनेरश र साह प्रदेश २ का मन्त्री हुन् । नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस