सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

file photo

राजविराज, २१ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा नम्वर ६ जोगिनियाका मो.प्रवेश मन्सुरीकी ७ वर्षीया छोरी हिना खातुनको हिजो (विहिवार) पोखरीमा डुबेर मृत्यु भएको हो ।

बच्चाहरुसँग नुहाउने क्रममा हिना घर छेउमै रहेको सार्वजनिक पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छ ।

Author:



क्याटोगरी छान्‍नुहोस