कोभिड नियन्त्रण गर्न सप्तरीका दुई स्थानीय तहलाई सबलको साथ

सप्तरी, २० जेठ । सबल नेपाल राजविराजले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सप्तरीका दुई वटा स्थानीय तहलाई आज स्वास्थ्य सामग्री सहयोग गरेको छ । सुरुङ्गा र खडक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

नगरपालिकाहरुमा सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति कार्यक्रम अन्तर्गत खडक–९ स्थित मैन्हासहश्रबाहु आइसोलेसन र सुरुङ्गा–९ मा रहेको कोभिड अस्पतालका लागि तीन लाख ३१ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएकोस सबल नेपालका फिल्ड अधिकृत मासुका चौधरीले बताइन् ।

उनका अनुसार सर्जिकल ग्लोब्स २ सय सेट, रेपिड एन्टिजेट किट ६ सय थान, १६ लिटरको स्प्रे पम्प २ सेट, सर्जिकल मास्क ८ सय थान, पल्स अक्सिमिटर ५ थान, पिपिइ सेट ४० थान, साबुन बक्स १२० थान र बाल्टीन ८ थान सहयोग गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780