नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ३ सय कार्टुन मदिरा बरामद

जनकपुरधाम । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ३ सय कार्टुन मदिरा प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ भिक्ष्वा बञ्जारी नाका बाट बिहीबार बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००१ थ ०००१ नम्बरको ट्याक्टरलाई सोही स्थानको दशगजा क्षेत्रमा रोकेर चेकजाँच गर्दा कस्तुरी नामको ३०० कार्टुन मदिरा फेलापारेको हो।

प्रहरीलाई देख्ने बितिक्कै ट्याक्टर चालक भने फरार भएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

मदिरासहित ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए। ट्याक्टर धनी तथा फरार रहेका चालकको खोजी कार्य भइरहेको खनालले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस