रेडक्रस सप्तरीद्वारा सञ्चारकर्मीलाई मास्क सहयोग

राजविराज, २० जेठ । कोभिड–१९ महामारीमा अग्रमोर्चामा रहेर कार्य गरिरहेका सप्तरीका सञ्चारकर्मीलाई नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीले एक हजार थान मास्क उपलब्ध गराएको छ । शाखाका सभापति जोगिन्द्र भगतले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवलाई आज सो मास्क उपलब्ध गराएका हुन् ।

मास्क उपलब्ध गराउँदै सभापति भगतले अभाव र समस्याका बाबजुद पनि महामारीको बेला सर्वसाधारणलाई सु–सुचित गराएर आफ्नो दायित्व निर्वाह गरिरहेका सञ्चारकर्मीलाई संक्रमणबाट केही हदसम्म जोगिने उद्देश्यले मास्क उपलब्ध गराएको बताए ।

मास्क बुझ्दै अध्यक्ष देवले सञ्चारकर्मीका लागि गरेको सहयोग प्रति नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीलाई धन्यवाद दिए । मास्क वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीका उपसभापति वैद्यनाथ झा, शाखा अधिकृत ब्रह्मदेव यादव, कर्मचारी प्रशान्त थाप लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस