सप्तरीमा कोरोनाबाट थप दुई महिलाको मृत्यु

राजविराज, २० जेठ । सप्तरीमा कोरोना संक्रमणबाट थप दुई जना महिलाको मृत्यु भएको छ । खडक र राजविराज नगरपालिकाका दुई जना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । खडक–३ की ५३ वर्षीया र राजविराज–९ की ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।

गत मंगलबार संक्रमण देखिएको खडककी महिलाको हिजो म्याक्स इन्टरनेशनल हस्पिटल विराटनगरमा मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । यसैगरी यही जेठ ११ गते संक्रमण देखिएको राजविराजकी महिलाको आज गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको उनले बताए ।

योसँगै सप्तरीमा कोरोनाको दोस्रो लहर (वैशाख ३ गतेपछि) मा संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ जना पुगेको छ । यसअघि पहिलो लहरमा (गत चैत्र ३१ गतेसम्म) ४१ जना संक्रमितको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस