सप्तरीमा बालिकालाई अपहरण गर्न लागेको नविन समातिए

राजविराज, २१ जेठ । सप्तरीमा १४ वर्षीया बालिकालाई अपहरण गर्न लागेको भन्दै एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–२ का ३८ वर्षीय नविन देव छन् । देवलाई हिजो साँझ पौने ६ बजेतिर राजविराज–रुपनी खडक खण्डबाट बालिकासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले बताए ।

उनका अनुसार देवले सप्तरी बिष्णुपुर गाउँपालिका–८ हाल राजविराज नगरपालिका–२ का सनोज कुमार देवकी छोरी अनिषा देवलाई अपहरण गर्न लागेका थिए । अनिषा आफ्नै घरमा दाजु १६ वर्षीय अभिषेक देवसँग बसिरहेको बेला घरमै पुगेका नविनले म बुबाको साथी हुँ, मेरो घरमा घरबासको कार्यक्रम छ र तिमीहरुलाई लिन आएको छु भन्दै अभिषेक र अनिषालाई मोटरसाइकलमा बसाएको र केही पर पुगेपछि अभिषेकलाई ओरालेर अनिषालाई अपहरण गर्न लागेको थियो ।

अभिषेकले खबर गरेपछि पुगेको प्रहरी टोलीले अनिषालाई उद्दार गरी नविनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक काफ्लेले बताए । नविनमाथि अपहरण तथा शरीर बन्धक कसुर अन्तर्गत मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस