जसपाका महन्थ–राजेन्द्र पक्ष आजै कामचलाउ सरकारमा जाँदै

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष कामचलाउ सरकारमा जाने निश्चित भएको छ । शुक्रबार दिनभर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि जसपा सरकारमा जान निश्चित भएको हो । जसपाका तर्फबाट मन्त्री बन्नेहरुले शुक्रबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

यसअघि जसपाले माओवादी केन्द्रले लिएको मन्त्रालय पाउने गरि सहमति भएको थियो । जसअनुसार ८ मन्त्री र दुई राज्यमन्त्री महन्थ–राजेन्द्र पक्षले पाउनेछ । जसपाका तर्फबाट वरिष्ठ नेता राजेन्द्रले सरकारको नेतृत्व गर्ने छन् ।

स्रोतका अनुसार राजेन्द्रसहित शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, चन्दा चौधरी, एकबाल मियाँ, उमाशंकर अरगरिया, बिमल श्रीवास्तव मन्त्री बन्न लागेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस