छुवाछुत र विभेदयुक्त गतिविधिलाई सरकारले कत्ति पनि सहने छैनः प्रधानमन्त्री ओली

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् । उनले आज छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै समाजमा व्याप्त छुवाछुत र विभेदयुक्त गतिविधिलाई सरकारले कत्ति पनि नसहने बताएका हुन् ।

मानव हितविरुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित नसहने र यस्ता अमानवीय हिंसाका घटनाहरुको छानविन गरी दोषीहरुलाई कारवाही गर्न राज्य पछि नपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । ‘युगौं अघिदेखिको कुप्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको असंवेदनशीलता र गरिवीका कारण हाम्रा दिदीबहिनी दाजुभाइहरु अहिले पनि कथित दलितको हीन पहिचान ब्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनु परेका घटना हामीले देख्दै आएका छौं,’ सन्देशमा भनिएको छ, ‘नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । अर्थात्मानव हितविरुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहने छैन । यस्ता अमानवीय हिंसाका घटनाहरुको छानविन गरी दोषीहरुलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने छैन । मानव सभ्यताको कलङ्क र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने छ । छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनेछ्र, ल्याइरहेको छ । त्यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन ।’

मानव सभ्यताको कलंकका रुपमा रहेको यस अमानवीय प्रथालाई कानुनी रुपमा अन्त्य गरेको बताउँदै उनले विभेदलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ–आफ्नो स्थानबाट सक्रिय रहन यस समेत आह्वान गर्नु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस