प्रदेश २ : कोरोनाबाट दुई वडा अध्यक्षको निधन

जनकपुरधाम । प्रदेश २ मा थप २ जना वडा अध्यक्षको कोरोना संक्रमण मृत्यु भएको छ । रौतहट जिल्लाको गरुडा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोना संक्रमणका कारण निधन भएको हो ।

करिब एक महिनादेखि उपचाररत ६० वर्षीय सहनीको गएराती सिभिल अस्पताल काठमाडौमा निधन भएको हो। घरमै रहेका बेला संक्रमित भएका उनलाई उपचारका लागि सिभिल अस्पताल भर्ना गरिएको उनकाआफन्त रामगीर मुखियाले जानकारी दिए । उपचारकै क्रममा उनको निधन भएको मुखियाले बताए ।

त्यस्तै सोही नगरपालिका ७ का वडा अध्यक्ष ५० वर्षीय रामिशवर यादवको झन्डै १ महिनाअघि संक्रमणबाट निधन भएको हो । गरुडा नगरपालिकाकी उपमेयर रंगीलादेवीले एक शोक वक्तव्य जारी गर्दै सहनी र यादवको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन् । रौतहटमा अहिलेसम्म १०५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ११६७ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस