आज संक्रमितभन्दा निको हुने बढी, २४ घण्टामा ८२४३ जना संक्रमणमुक्त

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८२ दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म ४ लाख ८४ हजार ३७३ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ५४० जना र एन्टीजेटमार्फत १ हजार ५०२ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस