वीरगन्जमा असार १५ गतेबाट पठन-पाठन सुरु गर्न निर्देशन

जनकपुरधाम । वीरगञ्ज महानगरपालिका कार्यालयले विगत २ महिनादेखि बन्द रहेका सामुदायिक र संस्थागत विद्यालयलाई क्रमिक रुपले सञ्चालन गर्दै जाने निर्णय गरेको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एउटा सूचना जारी गर्दै असार १५ गतेदेखि अभिभावकसँग लिखित सहमति गराई नियमित रूपमा नगरका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुलाई कक्षा ८ देखि १२ सम्मको पठन पाठन सूचारु गर्न निर्देशन दिएको हो ।

सूचनामा कोरोनाभाइरस महामारी नियन्त्रण हुँदै गएपछि असार १ गतेदेखि विद्यार्थी ७ गतेसम्म विद्यार्थी भर्ना लगायतका व्यवस्थापकिय कार्य गर्न र १५ गते पश्चात निर्यमित रुपले पठन पाठन सञ्चालन गर्न भनिएको छ ।

“वीरगञ्ज महानगरपालिकाको जेठ २० गतेको निर्णय अनुसार कोभिड-१९ को विषम परिस्थीतिले प्रभावित भई विद्यालयहरुमा पठन पाठन बन्द रहेकोले बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै अगामी शैक्षिक सत्र असार १ गतेदेखि विद्यालय करमिक रुपले सञ्चालन गर्ने निर्णय भएकोहुदा प्रथम पटकमा तपसिलका निर्देशनहरु पालना गर्दै कक्षा ८ देखि कक्षा १२ सम्म विद्यालय सञ्चालिन गर्न गराउन हुन सम्बन्धित सबैकोलागि यो सूचना प्रकाशित गरिएको छ,” महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस