सप्तरीका थप दुई पुरुषको कोरोनाबाट मृत्यु

राजविराज, २२ जेठ । सप्तरीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राजविराजका थप दुई जना संक्रमित पुरुषको मृत्यु भएको हो । राजविराज–९ का ५५ र वडा नम्वर २ का ६३ वर्षीय पुरुषको मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

उनका अनुसार जेठ २१ गते संक्रमण देखिएको ५५ वर्षीय पुरुषको हिजो नोबेल शिक्षण अस्पतालमा र जेठ २० गते संक्रमण देखिएको ६३ वर्षीय पुरुषको पनि हिजै गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको छ ।

योसँगै सप्तरीमा दोस्रो लहर (वैशाख ३ गतेपछि)को कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने यसअघि पहिलो लहर (चैत्र ३१ गतेसम्म)मा ४१ जनाको मृत्यु भएको थियो । हाल सप्तरीमा ७९८ जना सक्रिय संक्रमित रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780