राजविराज, २२ जेठ । दोस्रो लहर (गत वैशाख ३ गतेपछि)को कोरोना भाइरसको संक्रमण सुरु भएको सप्तरीमा अहिलेसम्म १ हजार ९०६ जना संक्रमित भएका छन् भने ९५ जनाको मृत्यु भएको छ । कुल ४ हजार ३९० जनाको परिक्षण गर्दा पिसिआर परिक्षणबाट १ हजार ६१८ र एन्टिजेनबाट २८८ गरी १ हजार ९०६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमत्ति प्रमुख दुनियालाल यादवले जानकारी दिए । संक्रमितमध्ये १ हजार १३ जना निको भइसकेका छन् भने हाल ७९८ सक्रिय संक्रमित छन् ।
पहिलो लहर (गत चैत ३१ गतेसम्म) सप्तरीमा कुल २१ हजार २४८ जनाको परिक्षण गर्दा १ हजार ८३३ जनामा संक्रमण देखिएको थियो । जसमध्ये संक्रमणबाट ४१ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।