प्रदेश २ मा कोरोना सङ्क्रमितको संख्या ३४ हजार पुग्यो

जनकपुरधाम । प्रदेश २ मा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमित हुनेको संख्या ३४ हजार ४ सय ३२ पुगेको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक कमलेशप्रसाद यादवका अनुसार शनिबार बारामा २ सय ३६, धनुषामा ९४, महोत्तरीमा ५३, सिरहामा २८, सप्तरीमा १४, सर्लाहीमा ९, रौतहटमा ७, पर्सामा ५ र अन्य प्रदेशका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश २ मा हाल १० हजार ७ सय ५ जना कोरोनाको सक्रिय संक्रमित छन्। संक्रमितमध्ये ३ सय ४५ जना प्रदेशको विभिन्न अस्पतालमा उपचाररत छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३१ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै निको हुनेको संख्या २२ हजार ९ सय ४१ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ।

कोरोनाबाट यहाँ ७ सय ८६ जनाको मृत्यु भएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस