करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

जनकपुरधाम । कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शनिबार दिउँसो जिल्लाको बेलौरी नगरपालिका–३ गोकुलपुर बजार बस्ने २५ वर्षीय सन्तोष चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै घरमा रहेको पसलमाथि लगाइएको पुरानो होडिङ बोर्ड निकालेर छतबाट तल फाल्ने क्रममा विद्युतको मूल लाइनमा छोइदा करेन्ट लागेर उनी घाइते भएका थिए। घाइते भएका चौधरीको उपचारका लागि बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780