सिरहामा गोली चल्यो, एक जना घाइते

लहान, २२ जेठ। सिरहाको मिर्चैया नगरपालिका-५ मा एक जनामाथि गोली प्रहार भएको छ । साँझ पाैने ८ बजेतिर स्थानीय रामसागर साफीमाथि गोली प्रहार भएको हो ।

अज्ञात समूहले चलाएको गाेली लागेर साफी घाइते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए । साफीकाे हात र तिघ्रामा २ गाेली डिएसपी श्रेष्ठले बताए ।

उनलाई उपचारको लागि मिर्चैया पठाईएकाे छ भने गोली चलाउने समूहको खोजीकार्य भइरहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस