बोदे बरसाईनका थप कोरोना संक्रमितको मृत्यु

बोदे बरसाईन, २३ जेठ । सप्तरीको बोदे बरसाईन नगरपालिकाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार वडा नम्वर ७ का ६० वर्षीया महिलाको मृत्यु भएको हो ।

गत मंगलवार संक्रमण देखिएको महिलालाई उपचारको लागि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको हिजो मृत्यु भएको कार्यालयका प्रमुख दुनियालाल यादवले बताए । योसँगै बोदे बरसाईनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।

यसैगरी सप्तरीभर दोस्रो लहर (वैशाख ३ गतेपछि) कोरोनाबाट ९६ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । हाल सप्तरीमा ७९७ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस