भारतमा देखियो ७ दिनमै तौल घटाउन सक्ने कोरोनाको नयाँ भेरिएन्ट

एजेन्सी  । अल्फा, बिटा, गामा र डेल्टापछि भारतमा एक नयाँ कोरोना भेरिएन्ट भेटिएको खुलासा भएको छ । यसले ७ दिनमै बिरामीको वजन कम गर्नसक्छ ।

भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको थियो । तर, त्यहाँबाट एकमात्रै भेटिएन्ट भारत आएको पुष्टि भएको थियो । अब वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएको स्पष्ट गरको छन् । उनीहरुका अनुसार यो दोस्रो बेरिएन्ट aL.1.1.28.2 निकै तेज छ ।

संक्रमित भएको सात दिनमा मात्रै यो भेरिएन्टको पहिचान हुन्छ । यसले तेज गतिमा शरीरको तौल कम गर्नसक्छ र डेल्टाजसरी नै यसले धेरै गम्भीर बनाउँछ र एन्टीबडी क्षमता पनि कम गर्नसक्छ ।

पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईवी) का डाक्टर प्रज्ञा यादवका अनुसार aL.1.1.28.2 भेरिएन्ट विदेशबाट आएका दुई व्यक्तिमा भेटिएको थियो । भारतमा अहिले यो भेरिएन्ट खासै नफैलिए पनि सतर्कता अपनाउनुपर्ने उनले बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस