जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ ले संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ । आज मधेस भवनमा बसेको सांसदहरूको बैठकले राउतलाई संसदीय दलको नेता चयन गरेका हुन् ।

तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जसपा गठन भएको लामो समयसम्म आन्तरिक विवादका कारण संसदीय दलको नेता चयन हुन सकेको थिएन । संसदीय दलको विधान नै नभएकाले ढिलो भएको र आजको बैठकमा नयाँ विधान पारित गरेसँगै दलको नेता चयन गरिएको बताइएको छ ।

एक सांसदका अनुसार जसपाका कुल ५५ सांसदमध्ये ३६ जनाले राउतको समर्थनमा गरेका छन् । तत्कालीन राजपाका २५ र समाजवादी पार्टीका ३० सांसद प्रदेशसभामा छन् ।

संसदीय दलका नेता राउतलाई चयन गर्नमा तत्कालीन राजपाका ६ साँसद उपस्थित रहेको दावी गरिएको छ । स्रोतका अनुसार दलका उपनेता र प्रमुख सचेतकमा सहमति जुट्न सकेका छैन । सहमति जुटाउन छलफल जारी राखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस