सप्तरीमा कोरोनामुक्त हुनेको संख्या एक हजार नाघ्यो

राजविराज, २३ जेठ । सप्तरीमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार यो समाचार तयार पर्दासम्म सप्तरीमा एक हजार १३ जना निको भएका छन् ।

गत वैशाख ३ गतेबाट दोस्रो लहरमा १ हजार ९०६ जना संक्रमित हुँदा १ हजार १३ जना निको भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । सप्तरीमा हालसम्म ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने हाल ७९८ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780