औषधि व्यवसायीमाथि गोली प्रहार भएकाे घटनाः शंकास्पद तीन जना पक्राउ

लहान । सिरहा मिर्चैयाका औषधि व्यवसायी रामसागर साफीमाथि गाेली प्रहार भएकाे घटनाका शंकास्पद तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनामा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानकै क्रममा रहेकाले अनुसन्धानमा असर पर्ने हुँदा नियन्त्रणमा रहेकाको नाम अहिले सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले बताए ।

शनिबार साँझ पौने ८ बजेतिर बत्ती गएका बेला पैदल आएको अज्ञात समूह औषधि पसलमै बसिरहेका ४० वर्षीय साफीमाथि गोली प्रहार गरी फरार भएकाे थियाे । स्थानीय साफी पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका–५ कटारी चोक र थाना चोकबीचमा रहेको सिद्धि मेडिकोका सञ्चालक हुन् ।

गोली उनको बायाँ हात र तिघ्रामा लागेको छ । शनिबारै साँझ मिर्चैयास्थित अस्पतालबाट उनलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ । उनी अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

सम्पत्ति विवादका कारण आफन्तबटै अक्रमण भएको हुनसक्ने घाइतेका परिवारजनको आशंका छ । यसैकोणबाट अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

सिरहामा गोली चल्यो, एक जना घाइते

Author:



क्याटोगरी छान्‍नुहोस