मोरङमा ३१ जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो

बिराटनगर । मोरङ ३१ जेठसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले २४ जेठसम्म रहेको निषेधाज्ञालाई बढाएर ३१ जेठसम्मका लागि लम्ब्याएको हो ।

अझै कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । नागरिकको जीवन रक्षाका लागि कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा बढाइएको हो ।

निषेधाज्ञा अवधिभर औषधि पसल, अक्सिजन तथा स्वास्थ्य सामग्रीका पसल भने नियमित रूपमा सञ्चालन हुने उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस