प्रदेश २ प्रदेशसभा बैठक आजदेखि सुरु हुँदै, पूर्व बजेट टेबुल गर्ने कार्यसूची

जनकपुरधाम । प्रदेश २ प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक आज बस्ने भएको छ । प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौं अधिवेशन अन्त्य गर्दै सोमबार बजेट अधिवेशन आह्वान गरेको हो ।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार सोमबार बस्ने बैठकमा दलका नेताहरूले शुभकामना दिने र त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आव २०७८÷०७९ को लागि तयार गरिएको पूर्व बजेटको टेबुल गर्ने कार्यसूची रहेको छ । प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

त्यसैगरी सरकारको आव २०७८–०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्व–बजेट छलफलपछि मात्र संसदमा प्रस्तुत हुने भएको छ । जसअनुसार प्रदेश सरकारले जेठ २७ गते नीति तथा कार्यक्रम ल्याउने जनाएको छ । बजेट अधिवेशन सुरु हुनु एक दिन अघि मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई पदमुक्त गरेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारबाट पदमुक्त गरेका हुन् । केन्द्रमा भएको विवादले जसपाको ठाकुर पक्षलाई पदमुक्त गरेर कांग्रेस सँग मिलेर सरकार बनाउने तयारी गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780