प्रदेश १ र २ मा चट्याङ्गसहित वर्षाको सम्भावना, कस्तो रहला तीन दिनको मौसम ?

जनकपुरधाम । पश्चिमी, पूर्वी र स्थानीय वायुको प्रभावले आज पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भवाना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ति स्थानहरुमा चट्याङको पनि सम्भवाना रहेको छ ।

पूर्वानुमान महाशाखाद्वारा जारी गरिएको तीनदिनको अनुमानित बुलेटिनमा भनिएको छ, ‘सोमबार दिउँसो प्रदेश १,२ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।’

यसैगरी रातीमा पनि पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा को सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको मौसमः

२०७८ जेठ २४ गते (सोमबार)

दिउँसो: प्रदेश १,२ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २५  गते (मंगलबार)

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, फ्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरे स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को
सम्भावना रहेको छ।

२०७८ जेठ २६  गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखी सामान्य बदली रहनेछ । प्रदेश १, फ्रदेश २, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनि प्रदेशका केहि स्थानहरुमा  हल्का  देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखी सामान्य बदली रहनेछ । प्रदेश १, फ्रदेश २, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनि प्रदेशका केहि स्थानहरुमा हल्का  देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस