प्रदेश २ का चार जना मन्त्री पदमुक्त

जनकपुरधाम । प्रदेश २ का चार जना मन्त्रीलाई पदमुक्त गरिएको छ । आइतवार साँझ मुख्यमन्त्री लालबाबु राउतले जितेन्द्र सोनल, सुरेश मण्डल, डिम्पल झा र अभिराम शर्मालाई पदमुक्त गरेका हुन् ।

भौतिक पूर्वाधारमन्त्री सोनल, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री मण्डल, भौतिक पूर्वाधार राज्यमन्त्री झा र सामाजिक विकास राज्यमन्त्री शर्मालाई पदमुक्त गरिएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मधेशलाइभलाई बताए । कार्यसम्पादन संतोषजनक नदेखिएको भन्दै मुख्यमन्त्रीले चार जना मन्त्रीलाई पदमुक्त गरेको उनले बताए ।

पदुमक्त भएका मन्त्री सोनल, राज्यमन्त्री मण्डल र शर्मा राजपाका अध्यक्ष महन्थ ठाकुरनिकट हुन् भने डिम्पल अनिल झाकी श्रीमती हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस