२४ घण्टामा ३ हजार ३७० संक्रमित थपिदा झण्डै ७ हजार निको भए

जनकपुरधाम । नेपाल पछिल्लो २४ घण्टामा ३ हजार ३७० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा ३ हजार ३७० जनामा संक्रमण देखिएको पुष्टि भएको छ ।

योसँगै नेपाल कुल संक्रमितको संख्या ५ लाख ९१ हजार ४९४ जना पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० जना पगेको छ । कोरोनाबाट निको हुने दर ८४.२ प्रतिशत पुगेको छ ।

हाल नेपालमा ८५ हजार ५४४ जनामा भाइरसका सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप ९२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने ७ हजार ९९० पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस