सप्तरीमा नरिवलको रुखबाट खसेर सतोको मृत्यु

राजविराज, २४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारमा नरिवलको रुपबाट खसेर एक जनाको मृत्यु भएको छ । वडा नम्वर ३ का ५० वर्षीय सतो खंग खत्वेको मृत्यु भएको हो ।

स्थानीय कुशुमलाल साहको नरिवल टिप्न रुपमा चढेको सतो रुखबाट खसेर घाइते भएका थिए । उपचारको लागि अस्पतालतर्फ पठाउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए ।

उनको शव पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस