सामाजिक सञ्जालमा कसैको चरित्र हत्या गर्नेलाई कडा कारबाहीको चेतावनी

जनकपुरधाम । नेपाल प्रहरीको साइबर व्यूरोले सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध सामग्र पोष्ट नगर्न आग्रह गरेको छ ।

आज व्यूरो विज्ञप्ति जारी गर्दै प्रहरीले फेसबुक, टिकटक यूट्व लगायत सामाजिक सञ्जालम दुरुपयोग गरेर जथाभावी कुनै व्यक्तिको भिडियो बनाउने र पोष्ट गर्ने लगायतका गैरकानुनी कार्यहरु गर्ने गरेको पाइएकाले त्यस्ता कार्य गर्नेहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

व्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालले कतिपय सूचनाको निरन्तर अनुसन्धान भइरहेको र कतिपय सूचनालाई कारवाहीको दायरामा ल्याएको जनाउँदै यस्तो अश्लिल र गैरकानूनी कार्य बन्द गर्न सार्वजनिक रुपमै आह्वान गरेका छन् ।

उनले समाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्ने र अनाधिकृत रुपमा भिडियो बनाएर दुरुपयोग गर्नेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने समेत बताएका छन् । सामाजिक सञ्जालमा गैरकानुनी कार्य गर्नेलाई विद्युतीय कारोवार ऐन २०६३ बमोजिम कारवाही गर्ने विज्ञप्तिमा जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस